२०८१ बैशाख २३

अत्याधुनिक दास—————-कविता—–

एक युग थियो
जहा, सिक्रिले बाधिएका दास थिए
मालसामान झैं किनबेच हुन्थे
मालीकद्वारा दास शालामा थुनिन्थे
जो इतिहसमा बिलुप्त भैसकेका छन
र यो कुरा आज इतिहास बनिसकेको छ
जो दास युगको कुरा थियो
ती सबैले चिनेका दास थिए
सबैले जानेका र बुझेका दास थिए
तर सुन्दा अनौठो लाग्ला
आजपनि दासहरू छन
तर, यीनको पहिचान भने अलि बेग्लैछ
किनकि यी दासहरू शास्त्रिय रहेनन
आधुनिकपनि रहेनन
न उत्तर आधुनिक नै रहे
यी त समयसंगै पुनर्ताजकिकृत हुदा हुदा
पुस्तैनी गुणबाट अतिनश्ल सुधार गरिएर
अत्याधुनिक दास भएरआए
त्यसैले यी दासहरू
अत्याधुनिक दास हुन

आजका अत्याधुनिक दास
पहिलेका जस्ता छैनन, विलकुलै छैनन
यी त दास जस्तै लाग्दैनन
न यीनीहरू दास भनेर चिनिन्छन
हिजोका दास
पीडीत थिए
शोषित थिए
तर आजका दास
पिडक छन
शोषक छन
हिजोका दासको
घर थिएन
अधिकार थिएन
तर, आजका दाससंग
आलिसान दरबार छ
देशकै मालिक कहलिन्छन
यी दासहरू आफुमात्र बिक्ने हैन
सारा देश र देशवासी नै बेच्छन
यी त परायाको अंगालोमा
स्वेच्छिक लिलाम भएका ईमान जस्ता छन
र, रक्तपिपासाको ब्यग्र अभिलाषामा उडेको
स्वचालित सुपरस्वनिक लडाकु विमान जस्ता छन
किनकि यी दासहरू
अत्याधुनिक दास हुन

यी दासहरु सिक्रिले हैन
जिग्रीले बाधीएका छन
डिग्रीले बाधीएका छन
पद र ओहोदाले बाधीएका छन
सत्ता र भत्ताले बाधीएका छन
अनि, इमान र निष्ठासंग जंगिएका छन
घुस र भ्रष्टाचारमा रंगिएका छन
निति, बीधि र आदर्शमा बौलाएका छन
छल, कपट, चुक्ली र चाकडीमा मौलाएका छन
हेर्दा खाइलाग्दा तर नपुंसक छन
देखावटी पितृभक्त तर कुलंगार छन
किनकि यी दासहरू
अत्याधुनिक दास हुन

पूजीवादी यौन बजारमा अनुमतिपत्र लिन
लामबद्ध यौनकर्मीको हुल जस्तै
कर र बलले हैन
स्वेच्छा पूर्बक
स्वस्फूर्त रूपमा
बिकेका र बेचिएका छन
डण्डा र फण्डाले हैन
झण्डा र चण्डाले बेरिएका छन
अनि, अण्डा र गुण्डाले गुथिएका छन
किनकि यी दासहरू
अत्याधुनिक दास हुन

माथिदेखि तलसम्म र तलदेखि माथिसम्म लामबद्ध
अन्तराष्ट्रिय दास खरिदबिक्रिको बजारमा हाजीर छन
मातृ अस्मिता बेच्न बिकाउन
भातृ मुण्ड काटन कटाउन
जस्तोसुकै मुल्यमा रेटन रेटाउन
जुनसुकै घडी सर्बस्व लुटन लुटाउन
साराका सारा भुटन भुटाउन
हरदम ओतप्रोत र तत्पर छन
किनकि यी दासहरू
अत्याधुनिक दास हुन

कैलेकाही दासहरूले स्वतन्त्रताको कुरा गर्छन
तर, मालीक निर्देसित सिमाभित्र बसेर
देशभक्तिको कुरापनि गर्छन
तर, मालिकको भजन घोलेर
र, बिद्रोहको कुरापनि गर्छन
तर, मालीकबाट पाउने सिदा बढाउन
किनकि यी दासहरू
अत्याधुनिक दास हुन

यसर्थ, यिनको स्वतन्त्रताको कुरा
मालीकलाई रस पिलाउन
मालीकलाई भेली दिलाउन
र, चियामा चिनी मिलाउन
कट्ट्ट्टट्ट ट्ट कोलमा पेलिएर भुइमा खस्ने
रस निख्रेको उखुभुसको पतन जस्तै हो
किनकि यी दासहरू
अत्याधुनिक दास हुन

अनि, यी दासहरूको देशभक्तिको कुरा
मालिकको वफादारीका खातिर भुक्ने
पाल्तु कुकुरको नियन्त्रित भुकाई हो
र, मालिकको सम्पती रक्षार्थ गरिने
पर्खालभित्र चक्कर काटने कुकुरे चौकिदारी हो
किनकि यहिनै यिनको सर्बश्रेष्ठ कर्म हो
सर्बोत्कृष्ट धर्म हो
किनकि यी दासहरू
अत्याधुनिक दास हुन

त्यस्तै, उनीहरूको बिद्रोहको कुरा
प्राण पखेरू उडेपछि
तलाउको सतहमा तैरेको लासको भार जस्तै हो
जो गह्रौं भएरपनि अब गहिराईमा डुब्न सक्दैन
आखा खुला भएरपनि संसार देख्न सक्दैन
जोडी कानले जगतको सुसेली सुन्न सक्दैन
र यस्मा गतीसिल जीवनधाराको उर्जापनि छैन
मात्र यो बिकृतिमा षडेर तैरेको दासी पिण्ड हो
किनकि यी दासहरू
अत्याधुनिक दास हुन

चुरोमा अत्याधुनिक दास
कहिले तन्तु जस्तो
कहिले जन्तु जस्तो
कहिले आस जस्तो
कहिले लास जस्तो
असिम बहुरंगी छ
र, बेहद बहुरुपिया छ
किनकि यी दासहरू
अत्याधुनिक दास हुन