२०८१ बैशाख २३

नेपालको एक सय पर्यटन गन्तव्य रोल्पाको जलजलामा गुराँस मेला

बैशाख-१ जलजला,रोल्पा । गेमि होमस्ते सुनछहरी(७,जेल्बाङ र थबाङी मगर सामुदायिक होमस्ते थबाङको संयुक्त आयोजनामा जलजला गुराँसमेल-२०७९ जलजलामा सम्पन्न भएको छ । नयाँ बर्ष मान्न रोल्पाको जलजला जाउँ । आन्तरिक पर्यटन र गन्तव्यलाई प्रवद्र्धन गरौँ ।। भन्ने मुल नाराका साथ आयोजना गरिएको जलजला गुराँस मेलामा जलजला सँग जलजला बहस कार्यक्रम,गितहरुमा जलजला,गुराँससँग कविता कविता वाचन,साँझमा अन्ताक्षरी साँगितिक कार्यक्रम लगायतका शेषणहरु समावेश गरिएको थियो । नेपाल सरकारले नेपालका एक सय पर्यटन गन्तव्यको सुचिमा राखेको रोल्पाको जलजला धार्मिक प्राकृतिक तथा युद्ध पर्यटनको सम्भावना रहेको क्षेत्र हो । गेमि होमस्ते जेलबाङका सन्चालक एवं पर्यटन व्यवसायी पृथ्वी पुनमगरको विशेष पहलमा यो मेलाको आयोजना गरिएको हो पुनमगरका अनुसार कुनै पनी सरकारी निकायको बजेट विना १ जना विदेशी र जापान,हङकङ, यू.के.,अमेरीकामा बस्ने नेपालीहरुको सहयोगमा याे मेला गरिएको हो ।
जलजला सँग जलजला बहस कार्यक्रम


जलजला सँग जलजला बहस कार्यक्रममा नेपाल मगर संघका केन्द्रीय वरिष्ठ उपाध्यक्ष धन बहादुर पुनमगर(कृतिमान) नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश समितिका निवर्तमान अध्यक्ष मौसम रोकामगर र परिवर्तन गाउँपालिकाका उपाध्यक्ष हितकुमारी बुढामगर वक्ताका रुपमा थिए भने बहसको सहजिकरण पत्रकार नविन अभिलाषिले गरेका थिए । बहस कार्यक्रम जलजला क्षेत्रको पर्यटन विकासमा केन्द्रीत थियो । जलजला क्षेत्र सास्कृतिक,प्राकृतिक र युद्ध पर्यटनका लागि बहुआयामिक क्षेत्र रहेको बहसको निष्कर्ष रहेको थियो । जलजला क्षेत्रमा अथार मगरात १२ भाइ बराह र २२ बहिनी बजुहरुको उत्पति स्थलको रुपमा मानिन्छ यहाँ बर्षेनि हजारौ सँख्यामा श्रद्धालु भक्तजनहरु आउने गरेको थबाङी मगर सामुदायिक होमस्ते थबाङका अध्यक्ष धपलाल पुनमगर बताउछन् बैशाख पुर्णीमा,जेठ पुर्णीमा र सावन पुर्णीमामा बर्षको ३ पटक यहा भेडा साधेको बलि दिएर बराहको र भाले बलि दिएर बजुको पुजाआजा गर्ने गरिन्छ । रोल्पालाई केन्द्रविन्दु बनाएर नेपालमा चलेको १० बर्षे महान जनयुद्धको गुरिल्ला तालिम र पछी जनमुक्ति सेनाको तालिम शिविर समेत यस क्षेत्रमा सन्चालन भएको थियो ।
गितहरुमा जलजला गिति कार्यक्रम


गितहरुमा जलजला गिति प्रस्तुति कार्यक्रममा जनवादी गायक मोहित श्रेष्ठ र गायिका पवि पुनमगरले जलजलाको सेरेफेरोमा रहेका गितहरुको प्रस्तुति दिएका थिए जुन कार्यक्रमको सहजिकरण कवि तथा साहित्यकार विष्णु सन्यासले गरेका हुन । जलजलाको नाममा विभिन्न गितहरु लेखिएका छन् १० बर्षे महान जनयुद्ध ताका चुनु गुरुङले गाएको तिमि सँग गहिरो मायाँ बस्यो जलजला बोलको गितले निकै चर्चा बतुलेको थियो । यो सँगै विभिन्न आधुनिक तथा लोक दोहोरी गितहर पनी जलजलाको नाममा गाइएको छ ।
गुराँससँग कविता साहित्यक कार्यक्रम


गुराँससँग कविता कार्यक्रममा थबाङका समाजसेवि ग्रिस पुनमगरले धोका नदिनु मेरो जलजला शिर्षकको कविता सुनाए दाङका कवि तथा पत्रकार छविलाल कोपिलाले थबाङ शिर्षकको कविता सुनाए दाङकै कवि दिपक समिरले गाउँ सम्झन्छु नविन अभिलाषिले आमाको ह्विल चियर शिर्षकको कविता सुनाए भने आषिश कल्पवृक्षले गजल सुनाए यस्तै रोल्पालि कविहरु प्रेम प्रकाश मायाँलुले युद्ध बोमबहाुर घर्तीमगरले ङाकिकुङला जु हाइदेयाङस(खाम भाषा)दीलकुमारी बुढामगरले त्यो अमित छाप एल.वि मगरले नयँ बर्षको शुभकामना शिर्षकको कविता सुनाए गायिका तथा कवि पवि पुनमगरले प्यारो जलजला शिर्षकको कविता सुनाए । यो शेषनको सहजिकरण कवि तथा साहित्यकार विष्णु सन्यासले गरेका हुन ।
साझमा अन्ताक्षरी साङगितिक कार्यक्रम


साँझमा अन्तक्षरी साङगितिक कार्यक्रम अन्तरगत चैत ३० गते साझ सुनछहरी गाउँपालिका र थबाङ गाउँपालिकाको विचमा दोहोरी प्रतियोगिता सम्पन्न भयो थबाङ गाउँपालिकाबाट महिला कलाकारहरु विमाला घर्तीमगरको नेतृत्वमा र सुनछहरी गाउँपालिकाबाट पुरुष कलाकारहरु हर्क घर्तीमगरको नेतृत्वमा दोहोरी प्रतियोगिता सम्पन्न भएको हो । जम्मा ६÷६ टुक्कामा गाइएको प्रतियोगितामा सुनछहरी गाँउपालिकाको समुह विजयि भएको आयोजकले जानकारी दिएको छ । लोक तथा दोहोरी गित प्रतियोगिताको मुल्याड्ढन जनवादी गायक मोहित श्रेष्ठ र समाजसेवि ग्रिस पुनमगरले गरेका थिए ।
नयाँ बर्ष शुभारम्भ कार्यक्रम

थबाङी मगर सामुदायिक होमस्ते थबाङको विशेष आयोजनामा नयाँ बर्ष २०७९को शुभारम्भ कार्यक्रम सम्पन्न भएको छ । जलजला गुँरासमेलामा सहभागि विभिन्न क्षेत्रका व्यक्तित्वहरुको उपस्थितिमा चैत ३० गते राति १२ बजे नयाँ बर्ष २०७९को शुभारम्भ गरिएको हो जलजलालेकमा फुल्ने विभिन्न प्रजातिका गुराँस फुलहरु बर्षाएर गितसंगितको तालमा ह्याप्पि न्यू एर भन्दै करिव एक घण्टा सबै अतिथि तथा उपस्थित महानुभावहरुको बीचमा नाचगान चलेको थियो ।