२०८१ जेष्ठ ५

सुनछहरी गाउँपालिका रोेल्पाको “मेरो सुनछहरी म आफै बनाउँछु” जनश्रम अभियान शुरू

पोबाङ,रोल्पा । सुनछहरी गाउँपालिका रोेल्पाको “मेरो सुनछहरी म आफै बनाउँछु” भन्ने अभियान अन्तरगत सुनछहरी गाउँपालिकाका  ७ वटै वडाका सम्पूर्ण टोलहरुमा सरसफाइ तथा जनश्रम अभियान शनिबार सम्पन्न भएको छ । सम्पूर्ण वडामा गठित टोल विकास संस्था जनप्रतिनिधि स्थानीय राजनैतिक दल बुद्धिजीवी शिक्षक लगायत आम जनसमुदायको सहभागितामा जनश्रम अभियान सञ्चालन गरिएको गाउँपाकिाका प्रवक्ता अमरजीत पुनमगरले बताए ।

जनश्रममा सहभागि फगामका स्थानिय

सुनछहरी गाउँपालिका गाउँकार्यपालिको निर्णय अनुसार प्रत्येक महिनाको एक दिन यो अभियान सञ्चालन हुने गाउँपालिकाका अध्यक्ष धनबहादुर पुनमगरले अनलाइन बाटो डट कमलाई जानकारी दिए । अध्यक्षका अनुसार यस अभियानमा सम्पूर्ण वडाका टोलबासी जनसमुदाय राजनैतिक दल बुद्धिजीवी जनप्रतिनिधिको सहभागितामा बाटोघाटो सरसफाई मर्मत, पुलपुलेसा मर्मत खानेपानी मर्मत पानीका मुहान कुवाहरु मर्मत गरिनेछ । यस आर्थिक वर्षको पहिलो बैठकको निर्णय अनुसार यो अभियान शुभारम्भ गरिएको हो । अभियान शुभारम्भको पहिलो दिन कतै बाटोहरु सरसफाई कतै पहिरो पन्छाउने कतै पानीका मुहानहरु सरसफाई गरिएको वडा अध्यक्षहरुले जनाएका छन् । अब प्रत्येक महिनाको एक दिन अनिवार्य सुनछहरीबासी सम्पूर्ण जनसमुदाय यो जनश्रम अभियानमा सहभागी बन्नु पर्नेछ ।

सरसफाइ गरिएकाे पाेबाङकाे बाटाे