२०८१ बैशाख २३

सुनछहरी गाँपालिका रोल्पामा खुल्यो पोबाङ ग्रामीण आँखा केन्द्र

चैत्त १९,रोल्पा । सुनछहरी गाउँपालिका पोबाङ रोल्पाले गाउँपालिकाको केन्द्र पोबाङमा पोबाङ ग्रामीण आँखा केन्द्र सन्चालनमा ल्याएको छ । गाउँघरमा सामान्य आँखा चेकजाँच र परामर्शको अभावमा समयमै उपचार नगरी अन्धाेपन हुने समस्यालाई मध्यनजर गर्दै ग्रामीण आँखा केन्द्र सन्चालनमा ल्याइएको गाँउपालिकाले जनाएको छ ।


द फ्रेड हलोज फाउण्डेशनको सहयोग नेपाल आँखा कार्यक्रम तिलगंगा आँखा प्रतिष्ठान काठमाण्डौ र जिल्ला सामुदायिक आँखा केन्द्र राेल्पाको सहकार्यमा ग्रामीण आँखा केन्द्र सन्चालनमा ल्याइएको हो । केन्द्रको आइतबार एक कार्यक्रमका बीच उत्घाटन गरिएको छ । उत्घाटनको दिन केन्द्रले निःशुल्क चेकजाँच साथै औषधि वितरण गरेको छ । पहिलो दिन ४५ जना पुरुष र ५३ जना महिलाले आँखा जाच गराएका छन् जस मध्य ५ जनालाई मोतियाविन्दुको अप्रेशन गर्नुपर्ने देखिएको छ भने ४५ जनालाई चश्मा लगाउन आबश्यक देखिएको छ यसका साथै ५६ जनालाई औषधि वितरण गरिएको छ । आगामी १५ दिन सम्म निःशुल्क आँखाको चेकजाँच सेवा उपलब्ध हुनेछ भने औषधि र चश्माको शुल्क लाग्ने पोबाङ ग्रामीण आँखा केन्द्रले जानकारी दिएको छ ।


सुनछहरी गाँउपालिकाका अध्यक्ष धन बहादुर पुनमगरका अनुसार पोबाङ ग्रामीण आँखा केन्द्र सन्चालनका लागि द फ्रेड हलोज फाउण्डेशनको सहयोग नेपाल आँखा कार्यक्रम तिलगंगा आँखा प्रतिष्ठान काठमाण्डौको सहकार्यमा करिव २० लाख बराबरको सामग्री उपलब्ध भएको र एक बर्षका लागि केन्द्रमा आबश्यक जनशक्तिको पारिश्रमिक समेत प्रष्ठिानले नै व्यवस्था गरेको त्यस पश्चात पुर्णरुपमा गाँउपालिकाले केन्द्रकोे सन्चालन गर्ने छ ।


पोबाङ ग्राँमीण आँखा उपचार केन्द्रमा आँखाको चेकजाँच चश्मा वितरण तथा सामान्य सल्यक्रियाका साथै आँखाको लागि प्रयोग गरिने औषधि उपलब्ध हुने केन्द्रका नेत्र सहायक सचिता भण्डारीले जानकारी दिइन ।