२०८१ बैशाख २३

वडा कार्यालयको सहयोगमा सहकारी सचेतना कार्यक्रम

सुनछहरी गाउँपालिका ४ नं. वडा कार्यालय स्यूरी रोल्पाको सहयोगमा शृजना सामाजिक उद्यमी महिला सहकारी संस्था लि. सुनछहरी–५,जैमाको आयोजनामा सहकारी सम्बन्धी चेतनामूलक कार्यक्रम सम्पन्न भएको छ ।


४ नं. वडा स्यूरी अन्तरगत गठित ५ वटै टोलमा एक÷एक दिने चेतनामुलक कार्यक्रम गरिएको आयोजकले जनाएको छ । चौतारी टोलबाट मिति २०८० साल बैशाख ३ गते शुरु भएको कार्यक्रम ४ गते फुलबारी टोल ५ गते नौमुले टोल ६ गते प्रेमचित्र टोल र आज ७ गते चैतेथान टोलमा कार्यक्रम सम्पन्न गरिएको हो ।


टोल विकास संस्थाहरुको समन्वयमा भएको सहकारी सम्बन्धी सचेतना कार्यक्रममा विभिन्न सहकारीमा आवद्ध शेयर सदस्य महिला आमा समुह टोल विकास समितिका सदस्यहरु लगायतको सहभागिता रहेको थियो भने कार्यक्रमको सहजिकरण दीपज्योति साकोस पोबाङका व्यवस्थापक हर्क घर्तीमगर र शृजना सामाजिक उद्यमी महिला सहकारी संस्था लि. जैमाका प्रबन्धक रेग बहादुर पुनमगरले गरेका थिए ।


स्थानीय स्तरमा सहकारी सम्बन्धी चेतनाको विकास गर्ने उद्देश्यले यो कार्यक्रमका लागि यस बर्ष बजेटको व्यवस्था गरिएको सुनछहरी–४,स्यूरीका वडा अध्यक्ष हर्कराम बुढामगरले बताए ।
पाँच वटै टोलका एक सय ७५ जनालाई सहकारी शिक्षा प्रदान गरिएको वडा सदस्य जग बहादुर वि.कले जानकारी दिए ।