२०८१ बैशाख २३

नेकपाले असार१५ गते देशव्यापी उत्पादन अभियान थाल्ने

नेपाल कम्युनिस्ट पार्टीकाे आत्मनिर्भर पार्टी,आत्मनिर्भर नेताकार्यकर्ता भन्ने केन्द्रीय नीति अनुसार देशै भरी उत्पादनमा केन्द्रीत भएकाे छ । पार्टीका महासचिव विप्लवले फेसबुकलाइभ मार्फत सार्वजनिक गर्दै उत्पादन अभियानबारे जानकारी दिएका छन् ।

असार १५ गते धान दिवसको अबसर पारेर देशैभरी राेपाई अभियानकाे ओैपचारिक उत्घाटन गरिनेछ । महासचिव विप्लवका अनुसार केन्द्री जनकम्युन अन्तरगत ४० विगाहामा र देशैभरी पार्टीकाे व्यूराे जिल्ला र जनवर्गीय संगठनहरूकाे समेत गरे याे बर्ष करिव १०० विगाहा भन्दा बढीमा उत्पादनकाे काम भैरहेकाे छ ।


१५ गते हुने धान राेपाई र उत्पादन कामकाे प्रत्यक्ष प्रशारण एभिन्युज टेलिभिजनले गर्दैछ भने इन्द्रणी कार्यक्रम परिवारले समेत उत्पादन सँगै प्रत्यक्ष प्रशारण गर्नेछ ।